
गोरखा जिल्लाको पहिचान बोकेको गोरखकाली रबड उद्योगले नेपालमा उत्कृष्ट गुणस्तरका टायर उत्पादन गर्दै आएको छ । नेपालमा निजी कम्पनीले विदेशमा उत्पादन गरेका टायरहरु अहिले बजारमा प्रशस्त छन् । नयाँ कम्नीहरु थपिने क्रममा पनि छन् । यस्तो अवस्थामा नेपालबाट टायर आयातको निम्ति बार्षिक अरबौं रकम विदेश गइरहेको अवस्था छ । भावी दिनमा यो क्रम अझ बढ्ने देखिन्छ ।
बार्षिक १ लाख २० हजारको सङ्ख्यामा टायर उत्पादन हुँदै आएको यस गोरखकाली रवडले आयात प्रतिस्थापनमा केही भूमीका खेलेको छ । यद्यपि अहिलेको अवस्थामा यस टायरको व्यवस्थापन तथा प्राविधिक लगायतका कमजोरीको कारणले गर्दा राम्रोे तवरले सञ्चालन हुन सकेको छैन । यसलाई राम्रो व्यवस्थापनको साथ चलाउने हो भने नेपालमा यस टायरले नेपालको आयात प्रतिष्थापनको निम्ति निकै महत्वपुर्ण भूमीका निर्वाह गर्नेछ ।
आयात प्रतिष्थापन
व्यापक रोजगारी
मूल्यमा सन्तुलन कायम
नेपालको पहिचान बोकेको उच्च गुणस्तरीय स्वदेशी टायर उद्योग
नेपालमा नै पहिले काम गरेका दक्ष जनशक्ति वेरोजगार अवस्थामा
गोरखकाली रबड उद्योगका सहायक महाप्रबन्धक डिजिएम दिनेश बर्तौला भन्छन्, ‘यदि नेपालमा गोरखकाली टायर नहुँदो हो त नेपालमा विदेशी बजारबाट आयातित टायर हाल ३० हजारको मूल्यमा उपलब्ध हुँदै आएकोमा त्यसको मूल्यमा व्यवसायीको एकाधिकार रहने कारणले सोही टायरको मूल्य ४० हजार भन्दा माथि रहने थियो ।’
यसरी हेर्दा अहिले नेपाली बजारमा राम्रो बजार लिन नसकेको र व्यवस्थापनमा कमजोरी हुँदाहुँदै पनि मूल्य सन्तुलन र आयात प्रतिष्थापनमा यस टायरको भूमीका महत्वपुर्ण छ ।
यस टायरले अन्य विविध पक्षमा पनि सहयोग पुगेको छ । नेपालमा पहिलो टायर उद्योगको रुपमा खुलेको यस कम्पनीमा काम गरेका अनुभवी व्यक्तिहरु अन्य निजी क्षेत्रका टायर कम्पनीमा माथिल्लो तहमा पुगेर राम्रो प्रतिष्ठाको साथ काम गरिरहेका छन् । तर हाल यो कम्पनीको अवस्था भने त्यति राम्रो छैन ।
यस रवड उद्योगले राज्यलाई राजस्व प्राप्त गर्नको निम्ति निकै नै महत्वपुर्ण भूमीका निर्वाह गरेको छ । यद्यपि अहिले नेपाल सरकारको स्वामित्वमा सञ्चालनमा रहेका अधिकांश उद्योगहरुको अवस्था अहिले कमजोर अवस्थामा नै छ । त्यस मध्ये गोरखकाली रबड उद्योग पनि एक हो । यस्तो अवस्थामा नेपालमा भएका सरकारी संस्थानहरुलाई सुधार गर्नको निम्ति विशेष पहल गर्नु जरुरी छ ।
नेपालमा निजी क्षेत्रको मातहतमा सञ्चालनमा रहेका उद्योगहरुले निकै राम्रो तवरले मुनाफामा सञ्चालनमा रहिरहेको अहिलेको अवस्थामा नेपालमा राज्य मातहतका उद्योगहरु निरन्तर घाटामा रहनु आफैँमा शुभ सङ्केत नभएको कारणले गर्दा यस किसिमको परिपाटीलाई सुधार गर्नु जरुरी छ ।
जनकपुर चुरोट कारखाना, बुटबल धागो कारखाना लगायतका उद्योगहरुसँग यस गोरखकाली टायर उद्योगलाई दाँजेर यही लथालिङ्ग अवस्थामा छोड्नुहुँदैन । यसले सकारात्मक सन्देश प्रवाह गर्न सक्दैन । जसले गर्दा अहिले राम्रो अवस्थामा रहेका उद्योगहरुको अवस्था पनि झन् कमजोर बन्दै जानेछ ।
अहिलेका समस्याहरु ः
व्यवस्थापन
राजनीतिकरण
नयाँ प्रविधिमा जान नसक्नुनिर्णय प्रक्रियामा ढिलासुस्ती
कुनै पनि राज्यमा आफ्नो देशका उद्योगहरुको अवस्था नाजुक रहन्छ, त्यो देशको अवस्था कहिल्यै पनि माथि उठ्न सक्दैन । यही कुरालाई बुझेर पनि नेपालमा उद्योगमैत्री वातावरण बनाउनको निम्ति पहल गर्नु जरुरी छ ।
व्यापक सम्भावना भएको क्षेत्र नेपालमा बर्षेनी गाडीहरु आयात हुने क्रम बढ्दै गएको अहिलेको अवस्थामा नेपालमा नै टायर उत्पादनको निम्ति निकै नै राम्रो सम्भावना छ । गाडीको निम्ति आवश्यक पर्ने लुब्रिकेन्ट लगायतका सामानहरु नेपालमा नै बनिरहेका छन् । त्यस बाहेक हाल नेपालमा यस गोरखकाली टायर उद्योगको अलाबा अर्को टायर कम्पनी नभएको कारण यस उद्योगमा काम गर्न पाएका छैनन् । त्यस कारण दक्ष जनशक्ति बेरोजगार सरह नै छन् । यसैकारणले गर्दा उनीहरुको क्षमताको कदर गर्न पनि नेपालमा टायर उत्पादनको पहल गर्नु जरुरी छ ।
आर्थिक, प्राविधिक, र व्यवस्थापनको पक्षमा सुधार गर्दै विधिको समेत पुनःसंरचना गरेर नयाँ तवरले गोरखकाली रबड उद्योगलाई पुनर्जीवन दिनुपर्छ । यी विविध पक्षहरुको सुधार हुन सकेको खण्डमा नेपालमा यस उद्योगलाई पुर्ण क्षमतामा सञ्चालन गर्न सकिन्छ ।
हाल करोडौं रकम आयातको निम्ति विदेश जाने अवस्था रहेकोमा केही हद सम्म यस कम्पनीले आयात प्रतिस्थापनमा सहयोग गरेको भएपनि आगामी दिनमा यसलाई थप मजबुत बनाएर पुर्ण क्षमतामा सञ्चालन गर्नुको विकल्प छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij