सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको जग्गा प्रकरणमा जोडिएका चारतारे, लालतारे जो भए पनि सत्य प्रमाण देखिए कारबाही गरिने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेकपा, नेपाली कांग्रेस जुनसुकै पार्टीका नेता वा पूर्वमन्त्री जोसुकै जोडिए पनि दोषी देखिए कारबाही गर्ने दृढता व्यक्त गरेका हुन् ।
बालुवाटारको जग्गा व्यक्तिको नाममा पुगेको विषय बाहिर आएपछि सरकारले छानबिन समिति बनाएर काम अघि बढाइरहेको बेला उल्टै सरकारको खेदो खन्ने गरिएको भन्दै उनले आपत्ति जनाए। सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले भने, ‘यो विषय उठान भएपछि सरकारले काम गरिँरहँदा उल्टो खेदो खनेकोमा टिठ लागेर आउँछ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij