
मंगलबार डोल्पामा हावाहुरीले वितण्डा मच्याई रहँदा ठुलीभेरी नगरपालिका ७ जुफालमा रहेको आर्दश माद्यामिक विद्यालयमा एकैक्षण रुवाबासी र भागदौड मच्चियो। हावाहुरीले ११ कोठे एक तले विद्यालय भवनको जस्तापाता उडाएपछि सिंगो विद्यालय मैदानमा परिणत भई नाङ्गो बनेको छ। हावाहुरीले आर्दश माद्यामिक विद्यालयको जस्तापाताको छानो उडाएर कक्षा कोठा भत्काउँदा झण्डै ३० लाख बराबरको क्षती पु-याएको विद्यालयले जनाएको छ।
जिल्लामा धेरै समयपछि यत्ति ठुलो कल्पना नै नगरेको हावाहुरी चलेको र आफ्नो विद्यालयको छत मात्र नभई गाउँमा सर्वसाधारणको घरहरुको जस्तापाताको छानो उडाएको स्थानीयले बताएका छन् |
सडक यातायातको पहुचसँग डोल्पा जोडिएसँग पछिल्लो समय जस्तापाता छाउने होड चलिरहेको बेला जस्तापाता माथिको प्रयोगमा हावाहुरीले चुनौती थपिएको छ।
हावाहुरीले सिंगो विद्यालय नाङ्गो बनेको र विद्यार्थीहरु चिच्याउँदै भागदौड गरिरहेको देखेपछि अभिभावकहरुको विद्यालयमा भीड लागेको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij