
कालो मरिच औषधीय गुणयुक्त एक मसला हो । विशेषगरी, यसलाई खानेकुरा स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । पिरो स्वादमा हुने कालो मरिच खानेकुरासँगै चियामा समेत हालिन्छ । कालो मरिच स्वादका लागि मात्र नभएर घरेलु औषधिका रूपमा समेत प्रयोगमा आउँछ । पेट, छाला र हाडसँग सम्बन्धित समस्यामा यो धेरै प्रभावकारी मानिन्छ । मरिचमा म्यागेजिन, भिटामिन के, फलाम, क्याल्सियम, फाइबर र क्रोमियम प्रचुर मात्रामा पाइन्छ । तसर्थ, दैनिक खाना बनाउँदा मरिच पनि थोरै हाल्न आवश्यक छ । अब जानौँ यसका गुणबारे :
-कालो मरिचमा कीटाणुनाशक गुण हुने भएकाले यसको सेवनले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यो बेसारसँग मिसाएर नियमित खाँदा क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।
-कालो मरिचले पाचन शक्तिलाई बलियो बनाउनुका साथै पेट सफा गर्छ । नियमित यसको सेवन गरे ग्यास्ट्रिक हँुदैन ।
-जिरा र चिनीसँग कालो मरिच मिसाएर दैनिक दुई चम्चा सेवन गर्दा पायल्सबाट राहत पाउन सकिन्छ ।
-बढ्दो उमेरका कारण हुने अर्थाराइटिस रोगीका लागि कालो मरिच फलदायी हुन्छ । तताएको तिलको तेलसँग यसको धुलो मिसाएर हातखुट्टामा लगाएमा आराम मिल्छ ।
-उच्च रक्तचापका बिरामीले तातो पानीमा कालो मरिचको धुलो मिसाएर खाएमा रोग नियन्त्रण गर्न सहयोग पुग्छ ।
-तातोपानीमा कालो मरिचको धुलो र कागती हालेर पिउँदा एसिडिटीबाट छुटकारा पाउन सकिन्छ ।
-कालो मरिचको धुलो नियमित सेवन गर्दा रुघाखोकी निको हुन्छ । साथै, धुवाँ–धुलोका कारण छातीमा हुने समस्या, फ्लु र भाइरलको संक्रमणबाट जोगिनसमेत सकिन्छ ।
-कालो मरिचले रक्तसञ्चार नियमित गर्नुका साथै छालामा अक्सिजनको मात्रा बढाउँछ । तसर्थ, यसको सेवन गरे छालामा समस्या आउँदैन ।
-कालो मरिचको धुलो ठीक मात्रामा दैनिक सेवन गरेमा मांसपेशीजन्य रोग लाग्दैन । शरीरमा स्फूर्ति बढाउनुका साथै मस्तिष्क सक्रिय बनाउन मद्दत गर्छ । आजको नयाँ पत्रिका दैन्क्बाट |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij