२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना : ५ जनाको मृत्यु

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना : ५ जनाको मृत्यु

जिल्लाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटनामा भएको छ ।  गाउँपालिका ६ र ७ को सिमानामा जन्ती बोकेको जिप दुर्घटना भएको छ हो ।

 वडा ४ मित्यालको भिरपानीबाट जन्ती लिएर वडा ७ ज्यामिरेको हुवास फर्केको लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा चालक सहित ५ जनाको घटना स्थल मै मृत्यु भएको छ ।

वडा  ६ को अर्चले धोबला र वडा ७ ज्यामिरेको चारघरे बीचमा जिप दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा चालक बुद्धिबल सोती, निस्दी ७ का खड्क बहादुर सोमै, देवलाल खन्गाहा, लाल बहादुर सारु र सन्त बहादुर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij