२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

रानी पोखरी पुन निर्माणमा ढिलाई

रानी पोखरी पुन निर्माणमा ढिलाई

आगामी वर्षको तिहारसम्म सम्पन्न गर्ने लक्ष्य रहेको रानीपोखरीको पुनर्निर्माण कार्य सुस्त देखिएको छ ।रानीपोखरीको पुनर्निर्माण २१ फागुनदेखि काम सुरु भए पनि त्यसले गति भने लिन सकेको छैन । फागुन दोस्रो साता प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा बसेको पुरातŒवसम्बन्धी विज्ञसहितको बैठकले रानीपोखरी पुनर्निर्माणको मोडालिटीबारे टुंगो लगाएको थियो ।

त्यसअनुसार रानीपोखरी पुनर्निर्माण करिब एक फिट तलसम्म खनी घाँस हटाएर सुरु गरिनेछ । घाँस हटाएसँगै बालुवा पनि निकालेर एक ठाउँमा माटो नमिसिने गरी जम्मा गर्ने र माटो जम्मा गरेसँगै पोखरीको कालीमाटी रहेको तहमा थप एक फिटको कालीमाटी राख्ने र माटोको तह तयार भएपछि करिब दुई फिटको बालुवा राखिने निर्णय भएको हो ।
निर्णय भएको दुई महिनाको अवधिमा घाँस हटाउने, बालुवा राख्ने काम सुस्त गतिमा मात्र बढेको छ । ती कामका लागि आवश्यक प्रविधि प्रयोग गरिएको छैन भने थोरै जनशक्ति प्रयोग गरेर काम भइरहेको छ । आजको राजधानी दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij