२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेकपा एकतामा सहमति जुट्यो आज घोषणा हुँदै

नेकपा एकतामा सहमति जुट्यो आज घोषणा हुँदै

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लागेको छ । शीर्ष नेताबीच सहमति जुटेपछि आज (सोमबार) जिल्ला कमिटीको घोषणा हुँदै छ ।

३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो । पार्टी एकता भएको ११ महिनापछि जिल्ला कमिटीले पुर्णता पाउँदै छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच विगत एक सातादेखि गहन छलफलपश्चात सहमति जुटेको छ ।

पछिल्लो समय गठन भएको एकता कार्यदललाई विघटन गर्दै सचिवालय कमिटीले जिल्ला तहको नेतृत्व टुंगो लगाउन शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएको थियो । शीर्ष नेताहरूबीच सहमति जुटेपछि आइतबार बसेको सचिवालय बैठकले सोमबार जिल्ला कमिटी घोषणा गर्ने निर्णय गरेको छ ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार जिल्ला कमिटीको घोषणा गरिने बताए । सचिवालय बैठकमा जिल्ला नेतृत्वको विषयमा छलफल भएको बताउँदै उनले सोमबार घोषणा गर्ने तयारी भएको बताए ।

‘७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लागेको छ,’ श्रेष्ठले भने, ‘सचिवालय बैठकमा छलफल भएको र अब सोमबार घोषणा गर्ने तयारी रहेको छ ।’

७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनमा कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ । लामो गृहकार्यपश्चात् नेतृत्व टुंगो लाग्ने भएको हो । आजको नेपाल समाचार दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij