२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

वालुवाटार सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने प्रति भिम रावलको कडा असन्तुष्टि

वालुवाटार सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने प्रति भिम रावलको कडा असन्तुष्टि

बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयलाई लिएर दोषी देखिएकालाई कार्वाही गर्न नेकपा नेता एवं सांसद भीम रावलले माग गरेका छन् । यो जग्गा सरकारले रोक्का राख्ने निर्णय गरेको छ ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले प्रधानमन्त्री निवास छेउको जग्गा कब्जा गर्नेमाथि कारबाहीको माग गरेका हुन् । साथै उनले जनताबाट बहुमत प्राप्त सरकारले देश, जनता र सार्वजनिक सम्पत्तिको रक्षा गर्नुपर्ने बताउँदै बालुवाटारको जग्गा कब्जा गर्नेमाथि कारबाही गर्न सरकार सफल बन्न शुभकामना पनि दिएका छ्न ।

उनले भनेका छन, ‘द्वन्द्व र अस्थिर स्थितिमा विगतमा सार्वजनिक जग्गा कब्जा गर्ने कुकार्य जोसुकैले गरेको भएपनि सुशासनको चाहना राख्दै जनताले बहुमत दिएको सरकारको पहिलो कर्तव्य देश, जनता र सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हो । प्र.म. निवासकै छेउको जग्गा कब्जा गर्ने लगायतलाई कारवाही गर्न सरकार सफल होस् ।’

नेकपा महासचिव विष्णु पौडेल पनि बालुवाटारको जग्गा किनबेचमा संलग्न भएको पाइएको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटले महासचिव पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् ।  तर, नेता रावलले महासचिव पौडेललाई संकेत गर्दै उक्त जग्गा प्रकरणमा मुछिएका जो सुकैलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij