२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपाल बन्दको प्रभाव राजधानी बाहिर बढी

नेपाल बन्दको प्रभाव राजधानी बाहिर बढी

गुल्मीमा बन्दको प्रभाव पूर्ण रुपमा परेको छ। नेत्रविक्रम चन्द विप्लव  नेतृत्वकाे नेकपाले गरेको बन्दको कारण गुल्मीको जनजिवन विहानैदेखि प्रभावित भएको छ।

जिल्लामा कुनै पनि सार्वजनिक र निजी सवारीसाधनहरु चलेका छैनन्। बजार,कलकारखाना उद्योग सबै बन्द छन । सडकमा मानिसहरुको उपस्थिति पनि न्यून रहेको छ।

यातायातका साधनहरु नचलेका कारण यात्रुहरु अलपत्र परेका छन। केही यात्रुहरु भने पैदल हिडेरै गन्तव्य सम्म जादै गरेका छन्।

बन्दमा जिल्लामा कुनै घटनाहरु नहोस भनेर सुरक्षा व्यवस्था कडा पारिएको छ । बजारदेखि ग्रामीण क्षेत्रमा समेत मोबाईल तथा पैदल र सादा पोसाकमा सुरक्षाकर्मीहरु खटाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दिपक कुमार वस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij