
मौसम बदली भई मंगलवार साँझ एक्कासी असिनापानीसँगै आएको हुरीले फेटा गाउँपालिकाका कतिपय हुरीपीडितहरुको टेन्ट उडाएको छ । फेटा गाउँपालिका–१, भलुही भरबलीया, वडा ६ को पुरैनिया र वडा नम्बर ३ को गछीया टोलमा दाताले दिएको दर्जन भन्दा बढी टेन्ट उडाएको वडा ६ पुरैनियाका वडाध्यक्ष जाकिर मियाँले बताए ।
‘हुरी र पानीले बसिनसम्नु बनाएको छ,’ उनले भने, ‘भीषण पानीले कतिको टेन्टमा पानी पसेको छ भने कतिपयको हुरीले टेन्ट नै उडाएको छ । रात कसरी काट्ने भन्ने चिन्ता छ ।’ उता वडा १ भलुही भरबलीयाका वडाध्यक्ष जयप्रकाश दासले हुरीले ५र६ जनाको टेन्ट उडाएको बताए । नेपाली सेना र सशस्त्र प्रहरीले बनाइदिएको टेन्टमा उकुुसमुकुस भएर बस्दै आएका हुरीपीडितहरुको टेन्ट उडाएपछि झन् विजोग भएको उनले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij