
नेपालमा मलेसियामा जारी यु१९ क्रिकेट विश्वकपको एसिया छनोटमा दोस्रो जित निकालेको छ |
नेपालले मलेसियालाई ८ विकेटले हरएको हो | नेपालको लागि ओपनर रित गौतमले अविजित ३९ रनको पारि खेले भने अर्का ओपनर पवन सर्राफले १९ रनको योगदान दिदा विकेट किपर ब्याट्सम्यान आसिफ सेफले २७ रनमा आउट भए | तेह्रौं ओभरको चौथो बलमा नेपाललाई जितको लागि ५ रन आवश्यक भएको बेला असिफ सेख आउट भएका थिए | त्यसपछि ब्याटिंगमा आएका कप्तान रोहित पौडेलले पहिलो बलमा छक्का प्रहार गर्दै टिमलाई दोस्रो सहज जित दिलाएका हुन् |
सुरुवाती विकेट छिटो गुमाएको मलेसिया सुरुवाती देखि नै धर्मराऊन थालेको देखिन्थ्यो | नेपालका लागि कुशल मल्ल र पवन श्र्राफले ३/३ विकेट लिए भने कमल सिंह ऐरीले २ तथा सागर ढकालले १ विकेट लिए |
जित संगै ४ अंकको साथ नेपाल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ | मलेसिया विरुद्द सहज जिते निकाले संगै नेपालको नेट रन रेटमा पनि सुधार आएको छ | ३ खेलबाट ३ जित नै निकालेको युएईको ६ अंक छ |
अब भोलि नेपालले ओमान विरुद्द खेल्नेछ भने अन्तिम खेलमा बिहिवार कुवेत संग खेल्नेछ | अंकतालिकाको शिर्ष स्थानमा हुने टिमले साउथ अफ्रिकामा हुने यु१९को विश्वकप खेल्न पाउनेछन |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij