
बुटवलको तिनाउ नदीमा डुबेर एक जना किशोरको ज्यान गएको छ |
पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ मा रहेको तिनाउ पावर हाउसको ड्याममा फोटो खिच्नेक्रममा बुटवलका १६ वर्षीय सिद्धार्थ शाक्यको ज्यान गएको हो ।
उनी बुटवलको चाँदबारीमा बस्दै आएका थिए । ९ जना साथीहरुसँगै रमाइलोसँगै घुम्न भनेर निस्किएका उनले बुटवलको कालिका मानव ज्ञान माविबाट भर्खरै एसईई दिएको बताएको छ । उनको खोलामा डुबेर ज्यान गएको दोभान प्रहरी प्रहरी निरीक्षक एक बहादुर नेपालीले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij