
कर्मचारी समायोजनका विषयमा असहमति राख्दै आएका चिकित्सक र सरकारबीचको वार्ता बिना निस्कर्ष सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार दिनभर भएको वार्तामा कुनै निस्कर्ष निस्कन सकेन् ।
बुधबार र बिहीबार मध्यरातसम्म अनौपचारीक छलफल गरेको सरकारले शुक्रबारको औपचारिक छलफलमा निस्कर्ष निकाल्न नसकेकाे हाे । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठका अनुसार वार्ता पुनः शनिबार हुने भएको छ । सरकारसमक्ष वार्ताको नेतृत्व नेपाल चिकित्सक संघले गरेको थियो । वार्ता निस्कर्षमा पुग्न नसके पनि सरकार चिकित्सकलाई दरबन्दीमा राख्ने विषयमा सहमती नजिक पुगेको छ ।
चिकित्सकलाई आन्दोलन रोकेर मात्रै यस विषयमा छलफल गर्ने पक्षमा सरकार रहे पनि चिकित्सकले आन्दोलनसँगै समस्या समाधान गरेर जानु पर्ने अडान लिएका छन् । उनीहरुले विश्वास गर्ने बलियो आधार भएको खण्डमा भने आन्दोलन स्थगन गर्ने बताएका छन् । सरकारले पनि चिकित्सकलाई केही विषयमा समस्या भएको भन्दै केन्द्रमा पुल दरबन्दी सिर्जना गरी सेवा प्रवाहमा परिचालन गर्ने वार्ताका क्रममा बताएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij