२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

त्रिविको इरास्मस परियोजना: कार्यकारी परिषद नै अनविज्ञ

त्रिविको इरास्मस परियोजना: कार्यकारी परिषद नै अनविज्ञ

कुनैपनि विश्वविद्यालयलाई दातृ निकाय वा विदेशी नियोग मार्फत भित्रिएको आर्थिक सहयोग कार्यकारी परिषदले स्वीकृत गर्नुपर्ने प्रावधानलाई लत्याउदै त्रिभुवन विश्वविद्यालय इरास्मर परियोजनाको नाममा आएको रकम एकलौटी रुपमा खर्च गरेको भेटिएको छ ।

त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधार्ने दिएको सहयोग रकम परियोजना प्रमुखको रुपमा रहनुभएकी रेक्टर प्राडा सुधा त्रिपाठीले खर्च गर्ने अधिकार लिनुभएको छ । त्रिभुवन विश्वविद्यालय ऐनका दफा १४ (घ) मा विश्वविद्यालयको लागि प्रदान गरिएका आर्थिक तथा अन्य सहयोग ग्रहण गर्ने उल्लेख गरेको छ ।
तर सो काम कर्तब्य र अधिकारको वर्खिलाभमा रेक्टर प्राडा त्रिपाठीले परियोजनाको रकम खर्च गर्नुभएको छ । परियोजनाको अध्यक्ष एवं रेक्टर प्राडा त्रिपाठीले त्रिविमा यस्ता दर्जनौ परियोजना मनपरी रुपमा खर्च हुने गरेको तर्क राख्दै एउटै परियोजनाको विषयमा प्रश्न उठाउनु गलत भएको दाबी गर्नुभयो ।

उहाले भन्नुभयो– म मार्फत आएको परियोजनामा आफ्नो अधिकार हुनु स्वभाविक छ ,अन्य परियोजनाको विषयमापनि छानविन गर्नुपर्छ ।
उहाले तर्क राख्नुभयो– भन्नुभयो–यो परियोजनाको विषयमा मात्र किन बढी हल्ला भयो । तर त्रिविको नियमममा जुनसुकै परियोजना ल्याउदा र रकम खर्च गर्दा कार्यकारी परिषदको स्वीकृत लिनुपर्छ ।

त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाले परियोजनाको रकम ग्रहण गर्ने र खर्च गर्ने अधिकारी कार्यकारी परिषद्लाई भएको जानकारी गराउदै इरास्मस परियोजनको रकमको विषयमा कार्यकारी परिषदले कुनै निर्णय नगरेको स्पष्ट पार्नुभयो । कार्यकारी परिषदमा त्रिविका तीन पदाधिकारी सहित ७ जना छन् । सो परियोजना इन्जिनियररिङ अध्ययन संस्थानमा पनि लागु छ । नेपाल समाचार दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij