२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विकिलिक्सका सहसंस्थापक आसन्ज लन्डनबाट पक्राऊ

विकिलिक्सका सहसंस्थापक आसन्ज लन्डनबाट पक्राऊ

विश्व चर्चित गैर नाफामूलक संस्था विकिलिक्सका सहसंस्थापक जुलिएन आसेन्ज वेलायतस्थित लन्डनमा पक्राउ परेका छन् । अस्ट्रेलियन आसेन्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासमा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

यौन दुव्र्यवहारको मुद्धा लागेका उनी स्वीडेनले पक्राउ गर्ने त्रासका कारण सात वर्ष अगाडिदेखि राजदूतावासको शरणमा बसिरहेका थिए ।

प्रहरीका अनुसार अदालतमा हाजिर हुन अटेर गरेपछि उनलाई पक्राउ गरिएको हो । अन्तर्राष्ट्रिय सहमति तथा कानुन तोडेका कारण उनलाई आश्रय नदिने इक्वेडरका राष्ट्रपतिले बताइसकेका छन् ।

विकिलिकले भने इक्वेडरले अन्तर्राष्ट्रिय कानुन तोड्दै आसेन्जलाई आश्रय दिन अस्वीकार गरेको दाबी गरेको छ ।

यौन दुव्र्यवहारको मुद्धा टरेपनि ४७ वर्षीय उनले राजदूतावास छाड्न अस्वीकार गरेका थिए । आफ्नो संस्थाले अमेरिकाको गोप्य विषयहरु खुलाएका कारण अमेरिकाले आफूलाई पक्राउ गर्ने उनको तर्क थियो ।

आश्रयमा बस्दा आसेन्जले राजनीतिक अभियान चलाएको आरोप लागेको छ । विकिलिकले दूतावास भित्र रहेका आफ्ना सहसंस्थापकको गतिविधि निरिक्षण गरेको बताएको भोलिपल्टै आसोन्ज पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij