२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

जनकपुरमा छिट्टै रेल चल्ने

जनकपुरमा छिट्टै रेल चल्ने

नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले अब चाँडै नै जयनगर–जनकपुर रेल गुड्ने बताएका छन् । भारत सरकारको सहयोगमा निर्मित चन्द्रनारायण मेन्टेनरी अस्पतालको आज उद्घाटन गर्दै राजदूत पुरीले अब चाँडै जयनगर–जनकपुर रेल सञ्चालनले नेपाल भारतको सम्वन्धमा थप आयाम थपिने बताए ।

नेपालमा चल्ने रेल पनि अब भारतकै जस्तो ठूलो हुने राजदुत पुरीले जनाए । उनले भने, ‘नेपालमा चल्ने रेलपनि भारतभरी चल्ने रेल जस्तै ठूलो हो, यसको सञ्चालनबाट नेपाली सीमावर्ती बजार जयनगर मात्र हैन भारतको धेरै भू–भागमा सजिलै पुग्न सकिन्छ ।’

प्रधामन्त्री नरेन्द्र मोदीले परिकल्पना गरेको धार्मिक सर्किट र रामायण सर्किटको उद्देश्य पनि यसले पुरा गर्ने उनले बताए । सोही क्रममा राजदूत पुरीले अब चाँडै तपाईहरुले जनकपुर पुग्न ५६ किलोमिटर यात्रा पुरा गर्नुपर्ने बाध्यता पनि अब चाँडै पुरा हुने बताए । उनले भने, ‘हुलाकी राजमार्गको काम पनि अब चाँडै सकिने भन्दै अब तपाईहरुले ३० किलोमिटरकै यात्रामा आफ्नो प्रदेश राजधानी पुग्नुहुन्छ ।’

राजदुत पुरीले अब चाँडै हुलाकी सडक निर्माणको काम पनि सम्पन्न हुने बताए । नेपाल भारतको नाता सीमाना भन्दा पनि भावनाको बढी भएको भन्दै उनले यस्ता खालका योजनाहरुले झन समबनध गाढा बनाउने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij