२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

फेरी लोडसेडिङ गराउनेहरु आफूमाथि लाग्न थालेको कुलमान घिसिंगको दुखेसो

फेरी लोडसेडिङ गराउनेहरु आफूमाथि लाग्न थालेको कुलमान घिसिंगको दुखेसो

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो लोडसेडिङ गराउनेहरु नै आज यो वा त्यो बहानामा आफूलाई कमजोर पार्ने खेलमा लागेको बताएका छन्।

‘हिजो लोडसेडिङ गराउनेहरु नै मैले गरेको सकारात्मक कामको प्रशंसा गर्नेभन्दा पनि कसरी असफल बनाउने भन्ने खेलमा लागेका छन्,’ नेपाल विद्युत् प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भावुक हुँदै उनले भने, ‘लोडसेडिङ निम्त्याउने खेल सुरु भएको छ।’

दैनिक १४ घण्टासम्म भइरहेको लोडसेडिङ अन्त्य र वर्षिक नौ अर्ब घाटामा गइरहेको प्राधिकरणलाई नाफामा लैजान आफ्नो टिम सफल भएको कार्यकारी निर्देशक घिसिङले बताए। ‘प्राधिकरणको टिम रातदिन नभनीकन खटेर यो स्थितिमा पु-याएका छौं,’ उनले भने, ‘राम्रो काम गरेको नदेख्ने विभिन्न अफबाह फैलाएर बदनाम गराउने काम गरिरहेका छन्।’ हिजोको परिस्थिति निम्त्याउने प्रयास भइरहेको घिसिङले अरोप लगाए।

हिजो प्राधिकरणका कार्यकारी निर्देशक भएका व्यक्तिले नै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालको प्रयोग गरी आफू र आफ्नो टिमलाई बदनाम गराउने कार्यमा लागेकामा उनले खेद व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij