
सांसद राजेन्द्र लिङदेन लगायतलाई धम्काउदै पैसा माग्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले तिलक पराजुलीलाई मंगलबार पक्राउ गरेको हो । लिङदेनसँग पैसा माग्दै उनले धम्काएका थिए ।
उनले अन्य दुई महिलालाई समेत धम्काएको खुलेको छ । उनी मेनपावर एजेन्ट भएको खुलेको छ । १६ लाख रुपैयाँ डुबेपछि उनले पैसा कमाउन विभिन्न व्यक्तिलाई धम्काएको सिआईबीको अनुसन्धानमा खुलेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij