
अर्घाखाँचीमा सोमबार यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दर्जन बढी घाईते भएका छन। नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।
घटनास्थल सन्धिखर्कबाट करिव ७ किलोमिटर नजिक पर्छ। अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कबाट प्युठान ऐरावतीको बरौला गाउँतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा घटनास्थलमा २ सहित सन्धिखर्क र बुट्वल अस्पतालमा १/१ जना गरी ४ जनाको मृत्यू भएको प्रहरीले जानकारी दिएको हो ।
लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे भूमिकास्थान नगरपालिका-८ नुवाकोटको लात्तेबाँझको उकालोमा ब्रेक फेल भएपछि सडकबाट एक सय मिटर तल खसेको प्रत्यक्षदर्शी सुरज श्रेष्ठले बताउनुभयो ।
दुर्घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। ड्राइभर गाडिमै सवार एक जना महिलासँग जिस्किरहेकाे अबस्थामा गाडि अनियन्त्रित भएकाे घाइतेले बताएका छन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij