२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गृह मन्त्रालयद्वारा २३ जना उपसचिवको सरुवा

गृह मन्त्रालयद्वारा २३ जना उपसचिवको सरुवा

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

 

गृहमन्त्रालयले २३ जना उपसचिवको सरुवा गरेको छ । सोमबार गरिएको सरुवा अन्तर्गत ७ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् ।

दोलखामा खगेन्द्रप्रसाद रिजाल, बाजुरामा गंगाप्रसाद न्यौपाने, भोजपुरमा नुरहरि खतिवडा, रसुवामा अर्जुन भण्डारी र रामेछापमा लीलाकुमारी केसी पाण्डे, संखुवासभामा जीवन प्रसाद दुलाल प्रमुख जिल्ला अधिकारी भएका छन् भने सिन्धुपाल्चोकको कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोमादेवी चेम्जोङलाई दिइएको छ ।

संखुवासभाका नयाँ प्रमुख जिल्ला अधिकारी भएका दुलाल यसअघि ललितपुरस्थित नख्खु कारागारका जेलर थिए । । उनको स्थानमा वेदप्रसाद अर्याल प्रमुख जेलर बनेका छनेका छन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij