
आइतबार राती बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावितको घर को निर्माण कार्यमा सरकारले सघाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित सबैको घर बनाइदिने निर्णय गरेको हो ।
सरकारले प्रभावितको घर बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय समेत गरेको छ। घर वर्षायाम अघि नै बनाइने सरकारको तयारी छ । घरको मोडालिटी जनता आवास कार्यक्रमको जस्तो हुनेछ ।
यस्तै आवास पुनर्निर्माणको कामको सहजीकरण प्रदेश नम्बर २ का प्रमुख सचिवले गर्ने छन् भने जसमा सहरी विकास मन्त्रालय र दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाका प्रतिनिधि सदस्य रहनेछन् ।
हावाहुरीबाट आँधीबाट बारा र पर्सामा २ हजार ४ सय चार घरमा क्षति पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij