२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

हिजो ‘लालिगा’मा बार्सिलोनाको बराबरी

हिजो ‘लालिगा’मा बार्सिलोनाको बराबरी

कप्तान लिओनल मेसी र लुइस सुअरेजले खेलको अन्तिम समयमा गोल गरेपछि स्पेनिस प्रिमियरा ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले भियारियालसँग बराबर खेलेको छ । वार्साले भियारियालसँग ४–४ को बराबरी खेल्दै अंक बाँडेको हो ।

अर्को खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिडले जिरोनालाई पराजित गरेको छ । सो नतिजाले  मड्रिडले बार्सिलोनासँग अंक दूरी ७ मा झारेको छ । बराबरीपछि बार्सिलोनाले ८ अंकको अग्रता कायम गरेको छ ।

खेलको सुरुमै फिलिप काउटिन्हो र माल्कोमको गोलबाट बार्सिलोनाले २–० को अग्रता लिए पनि भियारियालले सानदार कमब्याक गर्दै खेलमा ४–२ को उल्टो अग्रता बनाएको थियो । तर ९०औं मिनेटमा मेसी र इन्जुरी टाइममा

सुअरेजले गोल गरेपछि बार्सिलोना गुमिसकेको अंक खोस्न सफल भएको हो ।बराबरीपछि ३० खेलबाट ७० अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । जिरोनालाई २–० ले पराजित गरेको एट्लेटिको मड्रिड समान खेलबाट ६२ अंकका साथ दोस्रो स्थानमा छ । एट्लेटिकोको जितमा डिएगो गोडिन र एन्टोनी ग्रीजमनले दोस्रो हाफमा गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij