
केही दिनअघि बारा, पर्सालगायत तराईका केही क्षेत्रमा हावाहुरीले ठूलो जनधनको क्षति पु¥यायो । हुरीबतासको बितन्डाले खासगरी बारा र पर्सामा २८ जनाको मृत्यु भयो भने सयौं घाइते भए । हजारौं स्थानीयवासी घरबासविहीन भए । कल्पना नै नगरिएको प्राकृतिक प्रकोपको चपेटामा परेका स्थानीयवासीहरुलाई उद्धार, राहत र पुनस्र्थापनाको काम भैरहेको छ । उद्धारको काम करिब सकिएको छ । अब राहत र पुनस्र्थापनाको काम बाँकी छ । यो काममा संघीय, प्रादेशिक र स्थानीय तीन तहको सरकार आ–आफ्नै ढंगले लगिरहेका छन् । तीन तहको सरकार मात्र हैन, राजनीतिक दलहरुले पनि आ–आफ्नै तरिकाले राहत र पुनस्र्थापनाको प्रयास गरिरहेका छन् ।
विभिन्न संघसंस्था तथा सामाजिक कार्यका अगुवाहरु पनि आ–आफ्नै ढंगले उद्धार, राहत र पुनस्र्थापनामा सहयोग गर्न भनी लागिपरेको देखिन्छ ।
हावाहुरीले ठूलो जनधनको क्षति पु¥याएपछि संघीय सरकारको आकस्मिक बैठकले पीडितको उपचार र आवास निर्माण गरिदिने निर्णय गरेको छ । यस्तै प्रदेश २ सरकारले मृतक परिवारलाई जनही ३ लाखको दरले राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ भने प्रदेश ३ ले १ करोड रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । सुदूर पश्चिम प्रदेशले पनि बारा र पर्साका हावाहुरी पीडितको लागि १ करोड रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ।
पीडितहरुको लागि भन्दै नेकपाका सांसदहरुले एकदिनको तलब सहयोग गर्ने घोषणा गरे भने कांग्रेसका सांसदहरुले दुई दिनको तलब दिने घोषणा गरे । नेपाली सेनाले पनि आफ्नै तरिकाबाट सहयोग गर्ने समाचारहरु आइरहेको छ । प्रमुख राजनीतिक दलहरुले आफ्ना भ्रातृ संघ–संगठनका कार्यकर्ता परिचालन गर्दा पनि उद्धार, राहत र पुनस्र्थापनाको लागि खटिन मात्र निर्देशन दिएको देखिन्छ । दलहरुले आफ्ना भ्रातृ संघ–संगठनका कार्यकर्ताहरुलाई यी काम गर्न सम्बन्धित निकायसँग सहकार्य गरी उद्धार, राहत र पुनस्र्थापनामा सहयोग पु¥याउन स्पष्ट निर्देशन दिएको पाइँदैन ।आजको नेपाल समाचारपत्र दैनिकबाट |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij