२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

हावाहुरी पिडितलाई प्रति व्यक्ति ५/५ लाख दिने प्रचण्डको घोषणा

हावाहुरी पिडितलाई प्रति व्यक्ति ५/५ लाख दिने प्रचण्डको घोषणा

बारा-पर्सामा आएको हावाहुरीबाट ज्यान गुमाउनेका परिवारलाई सत्तारुढ नेकपाले राहत स्वरुप ५–५ लाख रुपियाँ प्रदान गर्ने भएको छ।

हावाहुरीबाट प्रभावित बाराको पुरैनिया पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राहत वितरणको क्रममा नेकपाको तर्फबाट प्रतिपरिवार  ५–५ लाख दिने घोषणा गरेका हुन्।

हावाहुरीमा परी अहिलेसम्म २८ जनाको निधन भइसकेको छ। अध्यक्ष प्रचण्डको घोषणा अनुसार अहिलेसम्म ज्यान गुमाएका २८ जनाका लागि नेकपाले १ करोड ४० लाख रुपियाँ प्रदान गर्नेछ।

प्रचण्डले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे । हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij