ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत सुक्रवार राती सम्पन्न प्रतियोगिताको आठौ खेलमा राजस्थान रोयल्समाथि सनराइजर्स हैदराबादले ५ विकेटले जित दर्ता गरेको छ ।
खेलमा सुरुमा ब्याटिंङ्ग गर्दै राजस्थानले दिएको १ सय ९९ रनको बिशाल लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको सनराइजर्स हैदराबादले उक्त बिजयी लक्ष्य १९ ओवरमा मात्र ५ विकेट गुमाएर भेटायो

यस्तै अर्का ओपनर ब्याट्सम्यान जॉनी बेयरस्टोले पनि ४५ रनको महत्वपुर्ण पारी खेले । यस्तै विजय सङ्गखरले ३५ तथा राशिद खान र युशुफ पठानले अविजित रहदै क्रमश १५ र १६ रन बनाएका थिए ।
बलिङ्ग तर्फ राजस्थान रोयल्सका लागि श्रेयस गोपालले सर्बाधिक ३ विकेट हात पारे । भने जयदेव उनादकट र बेन स्टोक्स पनि समान १/१ विकेट लिन सफल भएका थिए ।
यसअघि राजीव गान्धी अन्तराष्टिय रङ्गशाला हैदराबादमा टस जितेर राजस्थानले पहिले ब्याटिंङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओवर पुरै खेल्दै मात्र २ विकेट गुमाएर १ सय ९८ रनको योगफल खडा गरेको थियो ।
राजस्थानका लागि संजु सैमसनले सतकीय पारी खेलेपछि टिम ठुलो योगफल सम्म पुगेको थियो । ५५ बलको सामना गरेका उनले अविजित रहदै १० चौका र ४ छक्काको मद्दतमा १ सय २ रनको ठुलो पारी खेल्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए । पहिलो विकेटका रुपमा जोस बटलरलाई मात्र ५ रनमा गुमाएको भएपनि यसपछि कप्तान अजिंक्य रहाणे र सैमसन बिच दोस्रो विकेटका लागि १ सय १९ रनको साझेदारी हुन् पुगेको थियो ।
अजिंक्य रहाणे ७० रन बनाएर आउट हुन पुगे । ४९ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै बेन स्टोक्सले पनि १६ रन बनाएका थिए ।
बलिङ्ग तर्फ हैदराबादका लागि राशिद खान र शाहबाज नदीमले समान १/१ विकेट लिन सफल भएका थिए ।
अब प्रतियोगिता अन्तर्गत आज सनिवार दुई खेल हुनेछन । पहिलो खेल नेपालि समय अनुसार सवा ४ बजेपछि किग्स ईलाभेन पंजावले मुम्बई ईण्डियनको सामना गर्दा अर्को खेल राति सवा आठ बजेपछि नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्लीले कोलकताको सामना गर्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij