
दैलेखको आठबिस नगरपालिकाको राकमस्थित कर्णाली नदी किनारमा तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनमा कर्णाली नदी र त्यसभित्र रहेका जलचर प्राणी संरक्षणबारे बृहत छलफल भइरहेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार सुर्खेतको विरेन्द्रनगरबाट उद्घाटन गरेको सम्मेलनमा समुहगत छलफल र दोहोरो सम्बाद हुनेछ । सम्कामेलनमा नेपालसहित भारत, अमेरिका, बङ्गलादेश, चीन, पाकिस्तान र रसियाका जलस्रोत बिज्ञ, भुगर्भविद र वातावरणबिज्ञहरुको उपस्थिती रहेको छ । उनीहरुले विश्व नदी संरक्षण र जलचर प्राणीहरुको अवस्थाबारे प्रस्तुती दिएका छन् ।
सम्मेलनमा पूर्व मन्त्री, पूर्व जिविस सभापती, दैलेख, अछाम, कालिकोट र सुर्खेतका केही नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधि एवं नदी नजिक बसोबास गर्ने माझी, सोनाह र राजी समुदायका केही व्यक्तीहरुले नदी संरक्षणको लागि सुझाव दिएका छन् । आगामी आइतबार सम्म चल्ने सम्मेलनमा नेपालसहित अन्य ६ देशका दुई सय ८० भन्दा बढी व्यक्तिको सहभागीता रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij