२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

यसरी किन हुँदैछ प्रश्नपत्र ‘आउट’ : एसईईमा हिजो विज्ञान र आज सामाजिक विषय बाहिरीए

यसरी किन हुँदैछ प्रश्नपत्र ‘आउट’ : एसईईमा हिजो विज्ञान र आज सामाजिक विषय बाहिरीए

सप्तरी जिल्लामा एसईई अन्तर्गत अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्‍नपत्र परीक्षा अगावै बाहिरिएको छ ।

विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्‍नपत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो ।

एसईई परीक्षा थप व्यवस्थित गर्न जिल्ला सुरक्षा समिति र शिक्षा सञ्चालन समन्वय समितिको बैठक निरन्तर बसिरहेको छ । तर, समितिलाई चुनौती दिँदै प्रश्‍नपत्र बाहिरिने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्‍नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठन गरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्‍नपत्र सामाजिक सञ्जालहरूमा देखा परेको छ ।

विज्ञान विषयको प्रश्नपत्रसँग समूह र नम्बरसहित लेखिएको हुबहु मिल्दो चिटहरू सप्तरी र सिरहामा फेला परेको थियो ।

शुक्रबार हुने सामाजिक अध्ययन विषयको परीक्षाको प्रश्‍नपत्र जनकपुरबाट बिहीबार नै फेला परेको छ । सामाजिक सञ्जालमार्फत देखिएका प्रश्‍नपत्र आधिकारिक रहे वा नरहेको बारे शुक्रबारको परीक्षा शुरु भएपछि मात्र पुष्टि हुनेछ ।

परीक्षाको ठीक एक दिन अगाडि प्रश्‍नपत्र बाहिरिने कार्यमा शिक्षा क्षेत्रका माफियाहरूको मिलोमतो रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij