
नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले टीकापुर घटना राजनीतिक घटना भएको र यसलाई राजनीतिक रुपमा नै हल गर्नुपर्ने बताएका छन् ।
‘टीकापुरमा थारुले आफू ठगिएको ठानेर आन्दोलन गरेको हो । आफ्नो व्यक्तिगत स्वार्थका निम्ति लुटपाट गर्नका लागि गरिएको आन्दोलन थिएन । अधिकार माग्ने क्रममा आन्दोलन गर्दा घटना भएको हो,’ टीकापुरमा आयेजित अन्तर–संवाद कार्यक्रममा संयोजक भट्टराईले भने, ‘सरकारले मुद्दामा कुन ढंगबाट मिसिल तयार गरेको छ त्यसै अनुसार अदालतले फैसला गर्ने हो ।’

उनले सरकारी वकिलले जस्तो मुद्दा बनायो त्यसै अनुसार अदालतबाट फैसला हुने बताउँदै उक्त घटनालाई राजनीतिक रुपमा नै हेरिनुपर्ने तर्क गरेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij