
आउँदो चैत २७ गतेदेखि सुने प्रदेश नम्बर ५ को नेपालगञ्ज बाँकेमा सुरु हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थलको भीआईपी प्यारापिट जडानको काम मंगलबारबाट सुरु भएको छ ।
सोमबार साँझ नेपालगञ्ज रङ्गशालामा आइपुगेको प्यारापिट एकहप्ता भित्र निर्माण सम्पन्न गर्ने गरी जडानको काम भइरहेको छ । चीनबाट सिंगापुर, मलेसिया, भारत हुँदै नेपालगञ्ज रंगशाला आइपुगेको प्यारापिट जडानको काम चिनियाँ इन्जिनियरहरुले गरिरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभयाे ।
डिजाइन अनुसार नै भिआइपी प्यारापिट जडानको काम भइरहेको बताउँदै उहाँले छिटो काम सक्न रातदिन काम गर्ने बताउनुभयाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij