
सरकारद्वारा प्रतिबन्ध लगाईएको नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का भेरी कर्णाली वुद्धिजीवि परिषदका इन्चार्ज धनराज शाही कालिकोटबाट पक्राउ भएका छन् |
कालिकोटको रातागामबाट सोमबार विहान पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ| शाही विप्लव समूहको कालिकोट जिल्ला जनसरकार प्रमुखसमेत हुन् । उनको साथबाट प्रहरीले जिलेटिन र बम बनाउन प्रयोग हुने विभिन्न सामग्री बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
‘कालिकोटमा एक घरमा बसिरहेको ठाउँबाट पक्राउ परेका हुन्, केही मान्छे भाग्न सफल भए’ इन्सपेक्टर बस्नेतले भने । शाही आफ्नो घरदेखि धेरै टाढाको गाउँमा पक्राउ परेका हुन् । शाहीसहितको टोली कुनै योजना साथ त्यहाँ बसेको हुनसक्ने प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij