२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भूकम्पपछिको प्रगति: २ सय २१ सम्पदाको पुनर्निर्माण

भूकम्पपछिको प्रगति: २ सय २१ सम्पदाको पुनर्निर्माण

भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा हालसम्म २ सय २१ सम्पदाको मात्रै पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पबाट प्रभावित भएका १४ जिल्लाका सम्पदा मध्य झण्डै ५० प्रतिशत सम्पादको निमार्ण सम्पन्न भएको हो ।

पुरातत्व विभागले आगामी तीन वर्षभित्र सम्पुर्ण सम्पदाको पुनर्निर्माण भैसक्ने जनाएको छ । विभागका अनुसार बिसं २०७८ सम्ममा भूकम्प प्रभावित ३१ जिल्लाकै सम्पुर्ण सम्पदा पुनर्निर्माण भैसक्नेछन ।

विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार भूकम्पले करिब १ हजार ६ सय सम्पदामा क्षति पुगेको थियो । ती मध्य १४ जिल्लाका ७ सय ५३ सम्पदामा क्षति पुगेको थियो । विभागले भूकम्प पछि विभागबाट १ सय ६१, अन्य संघ संस्थाले ४२ र पशुपति विकास कोषले १८ सम्पदा पुनर्निर्माण सम्पन्न गरिसकेको जनाएको छ ।

पछिल्लो तथ्याङक अनुसार हालसम्म २८ प्रतिशत सम्पदाको पुननिर्माण भैसकेको, ३० प्रतिशत पुननिर्माण जारी र ४२ प्रतिशत निर्माण गर्न बांकी रहेको छ । विभागले भूकम्प अति प्रभावित १४ जिल्लाका ५० प्रतिशत सम्पदाको पुनर्निर्माण भैसकेको दाबी गरेको छ । आजको नेपाल समचार दैनिकमा समाचार छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij