
निर्वाचन आयोग आईतबारदेखि प्रमुख विहीन भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको ६ वर्षे पदावधि सकिएपछि आयोग प्रमुख बिहीन बनेको हो । उहा“संगै निर्वाचन आयुक्त इला शर्माले पनि अवकास पाउनु भएको छ । संविधान बमोजिम आयोगका पदाधिकारीको कार्यकाल ६ वर्ष रहने ब्यवस्था छ ।
आइतबार एक समारोहकाबीच प्रमुख निर्वाचन आयुक्त डा. यादव र आयुक्त शर्माको बिदाई गरिएको थियो । डा. यादव २०६३ सालमा निर्वाचन आयुक्तमा नियुक्त हुनुभएको थियो । त्यसैगरी उहां पुन २०६९ सालमा निर्वाचन आयुक्तको पदमा नियुक्त हुनुभएको थियो । २०७२ मंसिरमा उहा“लाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गरिएको थियो ।आयोगको ६७ वर्षको इतिहासमा आयोगभित्रैबाट प्रमुख निर्वाचन आयुक्त हुने उहा तेस्रो व्यक्ति हुनुहुन्थ्यो । आजको नेपाल समाचार दैनिकबाट !
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij