२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सरकारले नियुक्त गरेका मुस्लिम आयोग अध्यक्ष अन्सारी विरुद्द मुद्दा दायर

सरकारले नियुक्त गरेका मुस्लिम आयोग अध्यक्ष अन्सारी विरुद्द मुद्दा दायर

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अब्दुल सलामले अन्सारीको नियुक्ति बदर गर्नुपर्ने मागसहित आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् । मुद्दाको अन्तिम टुंगो नलागेसम्म आयोगको अध्यक्षमा रहेर अन्सारीलाई कुनै पनि प्रकारको काम कारबाही नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ ।

उनीविरूद्ध संसदीय सुनुवाइ समितिमा नागरिकता नक्कली बनाएको, शैक्षिक प्रमाणपत्र किर्ते भएको तथा अध्यक्ष पदमा सिफारिस हुँदाका बखत राजनीतिक दलको सदस्यता लिएकोलगायतका उजुरी परेको थियो । तर, समितिले ती उजुरीबारे आवश्यक छानबिन नगर्नुका साथै उनका सम्बन्धमा कुनै निर्णय लिनसकेको थिएन । अन्सारी संघीय संसद्को संयुक्त बैठक र समितिको नियमावलीको नियम २६ (२) छिद्र बाटोबाट ४५ दिनको अवधि गुजारेर अध्यक्ष पदमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij