२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आफुलाई नेविसंघ सभापति बनाइदिन भन्दै शाहले देउवालाई भेटे

आफुलाई नेविसंघ सभापति बनाइदिन भन्दै शाहले देउवालाई भेटे

'नेविसंघ अध्यक्ष मलाई बनाऊ' - ऋषिकेश जंग शाह

नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्व आफुलाई दिनुपर्ने माग राख्दै  आएका ऋषिकेशजंग शाहले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर औपचारिक रुपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर उनले नेविसंघको नेतृत्व आफूलाई दिन माग गरेका हुन् । आफ्नो दावी प्रस्तुत गनी उनी शक्ति प्रदर्शनसहित देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । नेविसंघ कार्यकर्ताहरु बस र मोटरसाइकल चढेर बूढानीलकण्ठ पुगेका थिए ।
नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति खारेज भएपछि नेतृत्व हात पार्न ऋषिकेश जंग शाह सक्रिय छन् । उनले पार्टी र विद्यार्थीका नेताहरुसँग भेटेर लबिङ गर्दै आएका छन् ।

आफूलाई नेविसंघमा प्रभावशाली मानिने दुरेन राई, दुजाङ शेर्पा, शंकर पौडेल, प्रेमराज जोशीलगायतको पनि समर्थन रहेको उनले शाहले बताए ।

त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष भइसकेका पौडेल ११ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारसमेत बनेका थिए । ११ औं महाधिवेशनताका दुजाङ सिटौला समूहमा थिए । जोशी महर नेतृत्वको कार्यसमितिमा नेविसंघको प्रवक्ता थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij