२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बीउबिजन सम्बन्धमा व्यवस्था विधेयक पारीत : प्रदेश ५ सरकार

बीउबिजन सम्बन्धमा व्यवस्था विधेयक पारीत : प्रदेश ५ सरकार

प्रदेश ५ मा प्रदेश आकस्मिक कोष र प्रदेश बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ। आइतबारको प्रदेशसभा बैठकले यी दुई वटा विधेयक पारित गरेको हो।

बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पेस गरेको प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पेस गरेको प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो।

बैठकले सामाजिक विकास मन्त्री सुदर्शन बरालले पेस गरेको खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेशसभा सामाजिक विकास समितिमा पठाउने निर्णय पनि गरेको छ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरे। प्रदेशसभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धि समितिको प्रतिवेदन पनि बैठकमा पेस गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij