
मुलुक संघीय संरचनामा गएपछि अघिल्लो वर्ष माघ ३ गते सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त ग¥यो। संघीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख ‘सेरेमोनियल’ भएकाले यतिबेला उनीहरू निष्क्रियजस्तै छन्। प्रदेश प्रमुख नियुक्तिका बेला उनीहरूको जति चर्चा थियो, त्यो अहिले छैन।
प्रदेश प्रमुख नियुक्त हुनुअघि उनीहरू आआफ्नो क्षेत्रमा सक्रिय र परिचित थिए। पाँच वर्षका लागि नियुक्त प्रदेश प्रमुख पहिलो वर्षमै गुमनाम भएका छन्। सेरेमोनियल राष्ट्रपतिको भने सञ्चारमाध्यममा चर्चा भइरहन्छ। तर अधिकांश प्रदेश प्रमुखबारे आमनागरिक बेखबर छन्। प्रदेश सरकार गठनका लागि आह्वान गर्ने, मुख्यमन्त्रीलाई शपथ गराउने, विधेयक प्रमाणीकरण लगायतका जिम्मेवारी प्रदेश प्रमुखलाई तोकिएको छ।
बढी औपचारिक बन्न बाध्य
गोविन्दबहादुर सुब्बा /प्रदेश १
डा. गोविन्द सुब्बा अंग्रेजीका प्राध्यापक हुन्। २०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट धरानमा मेयरको उम्मेदवार बनेका उनी झिनो मतान्तरले पराजित भए। त्यसपछि राजनीति छाडेर प्राध्यापन पेसामै फर्किए। प्रदेश प्रमुख भएपछि पदीय भूमिकाका कारण बन्धनमा परेको उनी बताउँछन्।
धार्मिक गतिविधिमा सक्रिय,रत्नेश्वरलाल कायस्थ / प्रदेश २ , काठमाडौं नै प्यारोअनुराधा कोइराला, प्रदेश ३, धार्मिक कार्यक्रममा व्यस्त,बाबुराम कुँवर, गण्डकी प्रदेश, फुर्सदिला प्रदेश प्रमुख, दुर्गाकेशर खनाल, कर्णाली, दिल्लीमा उपचार गर्दै, मोहनराज मल्ल, सुदूरपश्चिम प्रदेश आजको अन्नपूर्ण दैनिकमा समाचार छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij