
क्रिकेट जीवनबाट सन्यासको घोषणा गरेका भारतीय क्रिकेटर गौतम गम्भीर प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपामा प्रवेश गरेका छन् |
आसन्न लोकसभा निर्वाचनमा उनले संघीय राजधानी नयाँ दिल्लीका सातमध्ये एक निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिने तयारी समेत गरिरहेका छन् ।
संघीय मन्त्रीहरु अरुण जेट्ली र रविशंकर प्रसादले उनलाई शुक्रबार पार्टी प्रवेश गराए । ‘प्रधानमन्त्री नरेन्द्र मोदीको ‘भिजन’बाट प्रभावित भएर म पार्टी प्रवेश गरेको हुँ,’ पार्टी प्रवेश गर्नुको कारण खुलाउँदै उनले भने । भाजपाको सदस्य बन्न पाउँदा आफूलाई गर्व लागेको उनले बताएका छन् ।
गम्भीरले २००७को एकदिवसीय विश्वकप र २०११ को टी–२० विश्वकपमा भारतका लागि महत्वपूर्ण भूमिका निभाएका थिए । भाजपा स्रोतका अनुसार उनी दिल्लीमा अहिले मिनाक्षी लेखी सांसद रहेको क्षेत्रबाट चुनाव लड्न सक्नेछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij