२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पार्टीमाथि आस्था राखेको भन्दै पत्रकारलाई कार्यस्थलबाटै पक्राउ

पार्टीमाथि आस्था राखेको भन्दै पत्रकारलाई कार्यस्थलबाटै पक्राउ

विप्लव नेतृत्वमा आस्था राखेको आरोपमा प्रहरीले कालिकोटबाट रेडियो नयाँ कर्णालीमा कार्यरत पत्रकार कर्ण विश्वकर्मालाई पक्राउ गरेको छ | प्रहरीले बिहिबार उनलाई रेडियो कार्यकक्षबाट नै पक्राउ गरेको बताईएको छ |

त्यस्तै, तिलागुफा नगरपालिका–४ का २९ वर्षीय भरत शाहीलाई पनि बिहीबार विप्लव नेकपाको गतिविधिमा लागेको आरोपमा गिरफ्तार गरिएको कालिकोटका प्रहरी प्रमुख डिएस्पी विनोद शर्माले वताएका छन् ।

विप्लव नेकपा निकट क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष समेत रहेका विश्वकर्मालाई प्रहरीले रेडियो नयाँ कर्णालीको स्टेसन कार्यकक्षवाट गिरफ्तार गरेको थियो । यस्तै शाहीलाई प्रहरीले जिल्ला सदरमुकाम मान्म खाँडाचक्र स्थित जिरोप्वाइन्टवाट पक्राउ गरेको हो । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर आफन्त संग पनि भेट गर्न दिएका छैनन् |

विना कारण आस्थाका आधारमा पत्रकारलाई गिरफ्तार गरिएको प्रति नेपाल पत्रकार महासंघ कालिकोटले विरोध जनाएका छ । महासंघका जिल्ला अध्यक्ष तुलाराम पाण्डेले विना पूर्जि रेडियोको कार्यकक्षवाट पत्रकार गिरफ्तार गर्नु निन्दनीय भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij