
हरेक वर्षको होली पर्वको दिन जनकपुरधाममा गरिने हाँस्यव्यंग्य कार्यक्रम यसपटक पनि सम्पन्न भएको छ | मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रममा एउटा रमाईलो खालको उपाधि प्रदान गर्ने प्रचलन रहेको छ | ‘महामूर्ख’उपाधिको उक्त सम्मान पुरस्कार पाउनेमा यस वर्ष जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह भएका छन |
मिथिला नाट्य कला परिषद (मिनाप)को आयोजनामा बुधबार सम्पन्न महामुर्ख सम्मेलन हाँस्यव्यंग्य नाटक, गीतसंगीत कविता, जोगिरालगायत प्रस्तुत गरिन्छ | कार्यक्रम हेर्न धेरैको भिडभाड भएको जनाईएको छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij