
बलात्कार पछि हत्याकाण्डमा मृत्यु भएकी बालिका निर्मला पन्तको घटनाले समय समयमा अनेकौं मोड लिन थाले पछि पछिल्ला क्रममा केहि नौला नौला घटनाहरु अगाडी आउन थाल्दै गएका छन |
प्रहरीको चरम लापरबाही मान्दै स्थानीय र अधिकारकर्मीको व्यापाक सक्रियता संचालित आन्दोलन संगै भएका विभिन् घटनाक्रममा क्रममा पछिल्लो पटक सरकारले भित्रि रुपमा केहि सुक्ष्म अध्ययन पनि अगाडी बढाएको जस्तो देखिन थालेको छ |
घटना पश्चात निलम्बित अवस्थामा रहेका ततकालिन कंचनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा मुछिएका एसपी विष्ट मंगलबार बिहान जिल्ला अदालतमा हाजिर भएका हुन।
अदालतले ३५ दिनभित्र उपस्थित हुन आदेश दिएपछि उनी अदालतमा हाजिर भएका हुन । प्रमाण नष्ट गरेको तथा चरम यातना दिएको भन्दै निर्मलाकी आमा दुर्गादेवी र दिलिप विष्टका दाजु खडग विष्टले जिल्ला अदालत कञ्चनपुरमा एसपी विष्टसहित ८ प्रहरी अधिकारीविरुद्ध मुद्दा हालेका थिए ।
यातना दिएको अभियोगमा एसपी विष्ट, तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको थियो । त्यस्तै प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध मुद्दा दायर गरिएको थियो ।
डिएसपी ज्ञानबहादुर सेठीसहित ६ जना प्रहरी धरौटीमा रिहा भएका छन् भने एसपी विष्ट र सीआईवीका डिएसपी अंगुर जिसी फरार थिए । अदालतले उनीहरुविरुद्ध ३५ दिने वारेन्ट जारी गरेको थियो । फरार रहेका दुई जनामध्ये एसपी विष्ट मात्रै हाजिर भएका हुन् । डिएसपी जिसी भने अझै सम्पर्क बाहिर छन् ।
अदालतमा आत्मसपमर्ण गरेसगै उनीमाथि थुनछेकको बहस हुने बताइएको छ । सरकारले निर्मला प्रकरणमा तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य ६ जना प्रहरी निलम्बनमा छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij