२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सरकारी गाडी नियन्त्रणमा ल्याएर क्रान्तिकारीले छोड्यो

सरकारी गाडी नियन्त्रणमा ल्याएर क्रान्तिकारीले छोड्यो

शनिवार सार्वजनिक बिदाको दिनमा पानि सार्वजनिक गाडी चलाएको भन्दै सत्ताधारी दल नेकपाको विद्यार्थी घटक अखिल (क्रान्तिकारी)ले कास्की जिल्लाका सहायक सिडीओ चढेको गाडी नियन्त्रणमा लिएका छन् |

संगठनका कार्यकर्ताले कास्की जिल्लाका सहायक सीडीओ चित्रांगन बराल चढेको गाडी सहित मादी् गाउँपालिका सुन पधेरोबाट झण्डै १ घण्टा नियन्त्रणमा लिएको हो। गाडीमा उनकी हजुरआमा र अर्की एक महिला सवार थिए।

सार्वजनिक बिदाको दिन पारिवारिक कामका लागि सरकारी गाडीको प्रयोग गरेका कारण नियन्त्रणका लिएको क्रान्तिकारीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटाले बताए |

अखिल क्रान्तिकारीका प्रदेश ४ का सचिव क्षितिज सापकोटाले सरकारी गाडी सार्वजनिक बिदामा दुरुपयोग भएका भन्दै सरकारी गाडी नियन्त्रणमा ल्याएको जनाईएको छ |

अव आइन्दा दुरुपयोग नगर्न प्रतिवद्धता जनाएपछि प्रहरीलाई बुझाएको जानकारी दिएका छन् |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij