
सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनामा रोजगारदाताहरुले रोजगारदाता सूचीकरण प्रक्रियामा सहभागी हुन अलमल गर्दै आएका छन् ।
सामाजिक सुरक्षा योजना कार्यान्वयनमा नीतिगत अस्पष्टता देखाउँदै रोजगारदाताहरुले सूचीकरण प्रक्रियामा अलमल गरेका हुन् ।
सरकारले समयसीमा तोकेरै रोजगारदातालाई कोषमा सूचीकृत हुन आह्वान गरेपनि योजना सार्वजनिक गरेको झण्डै चार महीनासम्म सूचीकरण हुने रोजगारदाताको संख्या न्यून छ ।
राष्ट्रिय आर्थिक गणना अनुसार मुलुकभर ९ लाख २२ हजार ४ सय ४५ वटा विभिन्न प्रकारका उद्योग, व्यवसाय, सङ्घसंस्था र प्रतिष्ठान सञ्चालनमा रहेपनि फागुन अन्तिमसम्म कूल २ हजार १ सय ३० रोजगारदाताले मात्र कोषमा सूचीकरण गराएको कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले जानकारी दिनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij