२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

साफ महिला च्याम्पियनसिप फुटबल : नेपाल समूह विजेता

साफ महिला च्याम्पियनसिप फुटबल : नेपाल समूह विजेता

विराटनगरमा जारी  साफ महिला  च्याम्पियनसिप फुटबलमा आज भएको नेपाल र बंगालादेश बीचको खेलमा नेपालले बंगलादेशलाई ३-० ले हराएको छ | यस संगै नेपाल समूह ‘ए’ बाट समूह बिजेताको सेमिफाईनल प्रवेश गरेको छ |

पराजित बंगलादेश उपविजेतामै सिमित बन्यो । दुवै टोली एक खेल अगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । समूहचरणका दुवै खेलमा पराजित हुँदै भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालको जितमा सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले एक–एक गोल गरे । अर्को एक गोल नेपालले आत्मघाती रुपमा उपहार पाएको थियो । दोस्रो खेलमा सुधारिएको प्रर्दशन गर्दै नेपालले बंगलादेशविरुद्व सहज जित निकालेको हो ।

सुरुवातबाटै आक्रमक देखिएको नेपालले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । नेपालले गरेको दुवै गोलमा फरवार्ड सावित्रा निर्णायक देखिईन् । नेपालले आत्मघाती गोलबाट अग्रता लिएको थियो । छैटौं मिनेटमा बंगलादेशकी रक्षक मासुरा पार्भिनको हेड प्रहारले पोस्टको दिशा लिएपछि नेपालले अग्रता बनाएको थियो ।

२३आंै मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । मैदानको बाँया भागबाट एक्लै बल अघि बढाउँदै गोलकिपरलाई समेत विट गरेर सावित्रा गोल गर्न सफल भईन् । निरन्तर आक्रमण बुनेको नेपालले २८ औं मिनेटमा ३–० को अग्रता लियो । सावित्राको लामो पासमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३–० को स्थितिमा पु¥याएकी थिइन् । नेपालले दोस्रो हाफमा भने गोल थप्न सकेन ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij