चलचित्र ‘दाल भात तरकारी’को शिर्ष गीत सार्वजनिक भएको छ । मह संचार र किरण केसीको निर्माणमा बनेको यस चलचित्र ‘दाल भात तरकारी’को यस अगी नै भिजिट भिषामा’बोलको गीतको रिलिज गरेको थियो | नेपाली चलचित्र जगतमा चलेको पछिल्लो पटक लोक गित शैलीमा र उही चलन चल्तीको ‘कोरियोग्राफी’ सहित ‘आउँ हामी पिरिम गरम भयौं ठूला-ठूला’ बोलको गीत सावर्जनिक भएको हो |
गीतमा हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा राजेश पायल राई र स्मिता दाहालको स्वर रहेको छ । गीत रिलिजसँगै निर्माण पक्षले आफ्नो प्रदर्शन मिति पोसपोण्ड गरेको छ ।
यसअघि बैशाख १३ गते रिलिज हुने भनिएको चलचित्र अब बैशाख २० गते रिलिज हुने छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij