नेपालबारे गरेको अपमानजनक टिप्पणीबाट चौतर्फी विरोध उठेपछि आम आदमी पार्टीकी सांसद अल्का लम्बाले माफी माग्दै आफ्नो ट्वीट डिलिट गरेकी छिन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लक्षित ट्वीट गर्दै नेपालबारे यसरी ट्वीट गरेकी थिइन् ।
“प्रिय भारतवासी,
कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।
चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।
नेपालका चौकीदार चोर हुँदैनन् ।”- अल्का लम्बा
पता चला है कि मेरे एक ट्वीट से नेपाल के लोगों को दुःखद पहुँचा है,मैं इसके लिये अपने पड़ोसी देश नेपाल के लोगों से खेद व्यक्त करती हूँ, मेरी मंशा बिल्कुल भी किसी का दिल दुखाने की नही थी।
मैंने आपकी भावनाओं का ध्यान रखते हुए ट्वीट को हटा दिया है।
God bless #IndiaNepal friendship.— Alka Lamba 🇮🇳 (@LambaAlka) March 12, 2019
“मेरो ट्वीटले नेपालका जनतालाई दुःख पुगेको थाहा पाएँ । यसका लागि म छिमेकी देश नेपालका जनतासँग माफी माग्दछु । कसैको पनि मन दुखाउने उद्देश्य थिएन । म तपाईंहरुको भावनालाई ध्यानमा राख्दै ट्वीट हटाएकी छु ।”- अल्का लम्बा
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij