
७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले सुविधाबापत लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) बुझाएका छैनन्। चागुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी मुद्दा मिलाइदिने प्रलोभनमा घुस लिएको पुष्टि भएपछि आयुक्त पाठकले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए।
उनको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृतसमेत गरिसकेकी छन्। तर आयुक्त पदबाट हटेको महिना दिन बित्न लाग्दा पनि पाठकले रातो पासपोर्ट फिर्ता नगरेको पाइएको हो। राहदानी फिर्ता नगरेपछि पाठकलाई सरकारले विदेश जानसमेत अघोषित प्रतिबन्ध लगाएको छ। अनुसन्धानको दायरामा भएका कारण पाठकमाथि सरकारले विशेष निगरानी राखेको छ। उच्चस्रोतका अनुसार बानेश्वर, खरीबोटस्थित निवास वरपर सादा पोशाकका सुुरक्षाकर्मीले पाठकको निगरानी गरिरहेका छन्। आजको नागरिक दैनिकमा समाचर छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij