
मोरङ बेलबारीकी २६ वर्षीया एक युवतीको हत्या आरोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङ पक्राउ परेका छन् ।
बेलवारी नगरपालिका-४ की रमिला राईको हत्या गरी शव बेपत्ता बनाएको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । राई फागुन १७ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको थियो ।
राईको हत्या गरी शव सप्तकोशीमा फालेको खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । पक्राउ परेका गुरुङले युवतीलाई कोठामै हत्या गरी गाडीमा शव लगेर सप्तकोशीमा फालेको स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ ।
शुक्रबार भेटका क्रममा विवाद भएपछि गुरुङले हत्या गरी शव सप्तकोशीमा फालेको प्रहरीले बताएको छ । उनको बयानअनुसार शप्तकोशीमा शव खोज्न इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईको टोली परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले गुरुङ पक्राउ परेपछि केही बिषय बाहिर आएको र प्रमाण संकलनको काम भइरहेको बताए ।
तत्कालीन एमालेका पूर्व बेलवारी अध्यक्ष गुरुङ महिलासँग प्रेम सम्बन्धमा रहेको प्रहरी स्रोतले बताएको छ । गुरुङकी श्रीमती भने काठमाडौं बस्दै आएकी छन् । रमिला श्रीमानसँग सम्वन्धविच्छेद गरेर माइतीघरमा बस्दै आएकी थिइन्।
फागुन १७ गते हराएकी रमिलालाई खोजबिन गरी पाउँ भनि परिवारले प्रहरी समक्ष निवेदन दिएका थिए। सोही निवेदनको अधारमा प्रहरीले छानबिन थालेको थियो। सोहीक्रममा उनका प्रेमी गुरुङको घर र शंकास्पद सम्पूर्ण स्थानमा प्रहरीले छापा हानेको थियो। प्रहरीले खोजीकार्य तीब्र पारेको र आफूमानै शंका गरेपछी उनी फरार भएका थिए।
प्रहरीले शुक्रबार नै याेगेन्द्रले प्रयोग गर्दै आएको बा१५प ७९१६ नम्बरको कार उनको घरबाटै नियन्त्रणमा लिएको थियाे। घटना भएको दिन योगेन्द्र रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवकसमेतलाई लिएर घरबाट दोहोरी रेष्टुरेन्टमा जाने भन्दै निस्किएका थिए । त्यो दिन उनीहरू विराटचोकमा रहेको हवाना रेष्टुरेन्टमा गएको खुलेको छ। हराएको अन्तिम साँझ रमिला याेगेन्द्रसँगै भएकोले पनि घटना रहस्यमय देखिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका लागि याेगेन्द्रलाई इलाका प्रहरी कार्यालय, बेलबारीको टोलीले इलामबाट पक्राउ गरेको थियो। घटनाको विषयमा प्रहरीले चासो दिन थालेपछी याेगेन्द्र भागेर इलाम पुगेका थिए ।
१७ फागुनमा रमिला हराएकी थिइन् । सोही दिन योगेन्द्रसँग रमिला रहेको प्रहरीमा उनकै बयान आएको छ ।
श्रीमति काठमाडौं भएपछि रमिलासँग यागेन्द्रको लामो समयदेखि रासलिला चल्दै आएको थियो । ११ बजे रातीसम्म रेष्टुरेन्टदेखि अन्य ठाउँमा रमाइलो गर्नका लागि योगेन्द्रले रमिलालाई लैजाने गरेका थिए ।
एक हिसाबले दुवैबीच चक्कर रहेको हल्ला चलिसकेको थियो । परिवारमा छताछुल्ल हुने डरले योगेन्द्रले हत्या गरेको हुनसक्ने बताइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij