
नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंहले ‘दोस्रो’ विहे गरेका छन् । शनिवार उनले त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग विहे गरेका हुन् ।
उनीहरुको विहे बंगलामुखि मन्दिरमा भएको हो । सांसद सिंहले यस अघि २०६४ सालमा पहिलो विहे झापाकी एक युवती संग गरेपनि २०६७ सालमा सम्बन्ध विच्छेद भइसकेको थियो । त्यस यता उनी एक्लै रहँदै आएका थिए |
पहिलो विवाह महेन्द्रनगरमा गरेकी लक्ष्मी जोशी छोराछोरी सित काठमाण्डौ बस्दै आएको बुझिएको छ । यद्यपी, उनले सम्बन्ध विच्छेद गरे/नगरेको खुलेको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij