
तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने र बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।
यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले ४ माघ २०७५ (१८ जनवरी २०१९)मा ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो ।
७ फागुन २०७५ (१९ फेब्रुअरी २०१९)मा ठेक्का तोड्नका लागि सूचना दिइएकोमा सिएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले २२ फागुन २०७५ (६मार्च २०१९)मा ठेक्का सम्झौता रद्द गरिएको जानकारी सिएमएसीलाई गराएको छ ।
रद्द गर्नुपर्ने कारणहरुमा खरिद सम्झौतामा भएको व्यवस्थाअनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश सिएमसीले नमानेको, अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको कम्पनीका सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिनु भयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij