२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सल्यानमा फोर्स गाडी दुर्घटना : १ को मृत्यु १३ घाईते

सल्यानमा फोर्स गाडी दुर्घटना : १ को मृत्यु १३ घाईते

 

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट रुकुम सिलिंगेका लागि छुटेको भे १ ज १००२ नम्बरको फोर्स गाडी सल्यानको बागचौर नगरपालिका १ कालाखेत बजार नजिकै टोट्केसल्लामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा घाईते रुकुम चौरहजारी नगरपालिका ६ का ७० झुते वलीले मृत्यु भएको हो । थारमारेमा सामान्य उपचारपछि थप उपचारका लागी जिल्ला अस्पताल सल्यानमा ल्याउदैँ गर्दा बिचबाटोमा नै मृत्यु भएको प्रहरीको भनाई छ । शनिवार दिउँसो १२ बज तिर भएको दुर्घटनामा गाडी सडकबाट झन्डै १५ मिटर तल शारदा नदीमा खसेको छ ।

घाइतेहरूमध्ये सल्यान दार्मा गाउपालिका २ का २४ बर्षीय दिपेन्द्र शर्मा, कुमाख गाउपालिका ६ का २८ बर्षीय लक्ष्मण रावत, बागचौर नगरपालिका १ का २६ बर्षीय दिपक केसी, निजकी श्रीमती २५ बर्षीया साबित्रा वली, छोरी १ बर्षीया जीया केसी, रुकुम त्रिबेणी गाउपालिका १ का ३७ बर्षीय महेश खड्का र पाल्पा तिनहुँ ६ बस्ने ३५ बर्षीय लाल बहादुर राणालाई थप उपचारको लागी नेपालगञ्ज रिफर गरिएको छ ।

यस्तै कुमाख गाउपालिका ६ बस्ने २० बर्षीय चन्द्रप्रकाश शर्मा, बागचौर नगरपालिका १ की ४४ बर्षीया अमृता बस्नेत, रुकुम त्रिबेणी गाउपालिका ४ बस्ने २६ बर्षीय सेतुराम परियार, रुकुम बाफिकोट गाउपालिका ७ बस्ने ३५ बर्षीय अमर परियार, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यरत प्रहरी हवल्दार आसिष थापाको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ । यस्तै रुकुम त्रिबेणी गाउपालिका ३ बस्ने ४१ बर्षीय धन बहादुर केसीको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । गाडी दुर्घटनाको कारण भने खुल्न नसेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij